अब रक्सी खाएर मात्तिने मामिलामा मान्छेलाई मात्र दोष दिने ठाउँ रहेन । यो पृथ्वीमा अब मान्छेलाई लखेटेर गाइगोरुले समेत रक्सी खान थालेका छन् ।

अमेरिकामा यस्तै भएको छ । म्यासाच्युसेट्सको एक ठाउँमा स्थानीय युवाहरु भेला भएर पार्टी गरिरहेको स्थानमा गाइको एक जत्थाले आक्रमण गरी त्यहाँ ल्याइएको बियर खाइदिएका छन् ।

युवाहरुले पार्टी मनाएर खानपान गरिरहेको ठाउँमा गाइको एक समूह छिरेर युवाहरुलाई लखेटेको र त्यहाँ राखिएका बियर, रक्सी तथा अन्य खाद्य सामाग्र खाइदिएको बताइएको छ । स्थानीय प्रहरीले पनि गाइको एक समूहले युवाहरुलाई लखेटेर त्यहाँ राखिएका बियर लगायतका सामाग्री खाइदिएको पुष्टि गरेको छ ।

गाइले बियर कसरी खाएहोलान् भन्ने उत्सुकता जाग्न सक्छ । वास्तवमा गाइले मान्छेले जस्तै गरी बोतल मुखमा राखेर खानसक्ने कुरा भएन । गाइले पहिले खुट्टाले हानेर बोतल फुटाएछन् अनी भुइँमा पोखिएको बियर चाटेछन् ।

यतिमात्र होइन गाइले त्यहाँ खाएर फ्याँकिएका बोतलहरुमा पनि बियर बाँकी छ की भनेर सबै बोतल फुटाइदिए ।

स्थानीय एक किसानले चराउन लगेको बेला उक्त गाइको बथान केटाहरुको समूहमा आक्रमण गर्न पुगेको थियो । पछि उक्त किसानले आफ्ना गाइलाई त्यहाँबाट धपाएर गोठमा लग्यो ।